नियम २२
लुगा सम्बन्धी व्यवस्था
(१) कारागारका कैदी र थुनुवाहरुलाई निम्न लिखित अनुसार लुगा बा“डिने छ –
(क) पुरुषलाई जाडो समयमा ज्याकेट एक र सुरुवाल एक तथा गर्मी समयमा कमिज एक र सुरुवाल एक वा मौसम अनुसार सो सरहका कपडा समेत गरी जम्मा वर्षको दुई पटक,
(ख) महिलालाई कुर्था, सुरुवाल वा धोती र चोलो वा माँसम अनुसार सो सरहका कपडा समेत गरी जम्मा वर्षको दुई पटक,
(ग) नाबालक बालक बालिकालाई कमीज १ सुरुवाल १ वा घा“घर १ सुरुवाल १ दरले वर्षको दुई पटक र सूती कपडाको कोट एक गलबन्दी एक र टोपी एक वर्षको एक पटक ।
(२) उपनियम (१) बमोजिम वर्षको दुई पटक लुगा बा“ड्दा वैशाख र कार्तिक महिनामा बा“डिने छ । वर्षको एक पटक बा“डिने चाहिं कार्तिक महिनामा दिइनेछ । कुनै थुनुवा कैदीले आफ्नै तर्फबाट लुगा ल्याएमा सोही लुगा लगाउन
दिइनेछ ।
(३) उपनियम (१) बमोजिम दिइने लुगाको निमित्त कपडाको किसिम र नमूना प्रमुख जिल्ला अधिकारीले पास गरिदिए बमोजिम तयार गरी दिइनेछ ।
तर कैदी वा थुनुवाले आफूखुशी लुगा लगाउन चाहेमा स्वीकृत नमूना बमोजिमको लुगाको निमित्त पर्न आउने मूल्य बराबरको रकम त्यस्ता कैदी वा थुनुवालाई दिइनेछ ।
(४) उपनियम (१) को अतिरिक्त देहायका प्रकारका चीज देहाय बमोजिम दिइनेछ –
(क) प्रत्येक कैदी वा.-थुनुवालाई पाँच किलो कपास बराबरको सिरक एक तथा पाँच किलो कपास बराबरको डसना एक र तन्ना एक हरेक दुई वर्षमा एक पटक, तर कैदी वा थुनुवाले आफूखुशी सिरक डसना व्यवस्था गर्न चाहेमा उल्लिखित सिरक डसनाको: निमित्त पर्न आउने मूल्य बराबरको रकम त्यस्ता कैदी वा थुनुवालाई दिइनेछ ।
(ख) प्रत्येक कैदी वा थुनुवालाई सुत्न निमित्त डेढ हात चौडाई साढे चार हाल लम्बाइकै सुकुल एक हरेक ३ वर्षमा एक पटक ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कैदी वा थुनुवा दुई वर्ष नपुग्दै छुटी जाने भएमा निजले लिएको उक्त सामान कारागार प्रशासनलाई फिर्ता गर्नु पर्नेछ ।